स्वदेश फर्कियो यू-२० महिला टोली

काठमाडाैं | फागुन ३०, २०७९

स्वदेश फर्कियो यू-२० महिला टोली

काठमाडौं:  प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ ।

 

छनोट खेलको समूह ‘बी’ मा रहेको नेपालले लगातार दुई खेल जित्दै दोस्रो चरणमा स्थान बनाएको छ । नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६–० र दोस्रो खेलमा नर्दन मारियानालाई  पनि ६–० गोलले हराएको थियो ।

 

यस समूहबाट संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिममा नखेल्ने घोषणा गरेको थियो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए ।

 

पहिलो चरणबाट आठ समूहका शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणमा नेपालसहित चीन, अष्ट्रेलिया, लेबनान, चाइनिज ताइपेइ, भियतनाम, म्यानमार र इरान प्रवेश गरेका छन् ।

 

दोस्रो चरणमा प्रवेश गरेका आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । यसबाट उत्कष्ट चार टोलीले सन् २०२४ मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन् ।

 

आयोजक उज्वेकिस्तानसहित सन् २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्